१३ दिन क्वारेन्टाइनमा बसी घर फर्किएका एक युवको मृत्यु

८ असार, कैलाली । क्वारेन्टिनमा बसेर घर फर्किएका एक व्यक्तिको आज मृत्यु भएको छ ।

कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ७ का ३६ बर्षका पुरुषको सोमबार साँझ मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनी बालसेवा माध्यामिक बिद्यालयको क्वारेन्टाइनबाट हिजो आइतबार मात्रै घर फर्किएका थिए ।

उनलाई हिजो आरडिटी विधिबाट परीक्षण गरी एन्टीबडी नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य शाखाकी प्रमुख जयन्ती बिसीले जानकारी दिइन् ।
घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय लम्किको टोली पुगेको छ ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी ज्ञानेन्द्र चन्दका अनुसार ‘क्वारेन्टिनबाट घर फर्किएका एक पुरुषको मृत्यु भएको छ । थप विवरण आउन बाँकी छ ।

भारतबाट आएका उनी १३ दिन क्वारेन्टाइनमा बसी आइतबार आफ्नो घर फर्केका थिए ।