Breaking News

देश र जनताको भलो नै मेरो मूल मार्गदर्शन – कास्की क्षेत्र न २ का  उम्मेदवार आचार्य

आशन्न मंसिर एक्काईस गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्बाचनमा ने क पा ( एमाले ) का युबा उम्मेदवार रश्मि आचार्यले देश र जनताको भलो नै आफ्नो  मूल मार्गदर्शन  भएको प्रतिबद्धता जनाएका छन ।

सनिवार सामाजिक संजाल फेस बूक मार्फत  आचार्यले सो प्रतिबद्धता जनाएका हुन ।  उम्मेदवार आचार्यले कास्कीका जनतको   मत खेर जान नदिने भन्दै  शिर निहुर्याउनु पर्ने अवस्था आउन दिने छैन भनेका छ्न।उनले आफ्नी ९३ बर्षिय अग्रज हजुर आमा पूर्ण कुमारी आचार्य र  बुवा आमा सहित सम्पूर्ण कास्की क्षेत्र न २ का मतदाताहरूको  आशिर्वाद ग्रहण गरेर निर्बाचानको अभियानमा होमिएको भन्दै सार्थक बिकासका लागि साथ दिन आभ्हान गरेका छ्न। ९३ बर्षिय मेरो हजुरआमाले सधैं भन्नु हुन्थ्यो- “मेरो अब एउटै धोकाे बाँकी छ, तिमिलाई भोट दिने…”हजुरआमा, आमा र बुवाको आशिर्वाद लिएर मनोनयन दर्ता गरेको छु।

कास्की क्षेत्र नं २ का सम्पूर्ण आमाबुवा दाजुभाई, दिदिबहिनिहरुको माया, ममता, आशिर्वाद र मतको अपेक्षा गरेको छु। प्रतिवद्ध ब्यक्त गर्दछु: हजुरहरुले दिनुभएको मत खेर जान दिने छैन। मेरा कारण हजुरहरुले शिर निहुर्याउनु पर्ने अवस्था आउन दिने छैन। म सधैं यहाहरुको सुख-दु:खमा साथमा नै रहने छु। देश र जनताको भलो नै “मेरो मूल मार्गदर्शन” हुनेछ। आचार्यले उल्लेख गरेका छन।