१२ माघ, काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढ्ने क्रममा यसले नयाँ नयाँ रेर्कट कायम गर्दै गइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक मुल्य हो ।
हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो ।
त्यसैगरी चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कायम थियो ।

