आसत्र निर्वाचनको सन्दर्भमा धादिङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ जिल्ला निर्वाचन क्षेत्र नं. १ की उम्मेदवार रहनुभएकी श्री.आशिका तामाङको उम्मेदवारी र त्यसले सिर्जना गर्न सक्ने कानुनी तथा आर्थिक जटिलताप्रति द जेन्जी रेभोलुसन, धादिङको गम्भीर ध्यानाकर्षण भएको छ ।
हामीले वि.सं.२०७९ को निर्वाचनमा चितवन क्षेत्र नं.२ मा नागरिकता र राहदानी विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित श्री.रवि रामिछानेको बिषयमा सिर्जना भएको विवाद र त्यसपछिको उप–निर्वाचनलाई नजिकबाट नियालेका छौँ । एउटा व्यक्तिको कानुनी त्रुटीका कारण राज्यले करोडौँ रुपैयाँको आर्थिक भार व्यहोर्नु पर्ने र जनताले पटक–पटक मतदानको सास्ती भोग्नुपर्ने अवस्था धादिङमा दोहोरिनु हुँदैन भन्ने हाम्रो धारणा हो । भौगोलिक रूपमा विकट रहेको हाम्रो धादिङ जिल्लाका लागि पुनः निर्वाचन हुनु भनेको गरिब जनताको करको दुरुपयोग र समयको बर्बादी मात्र हो । त्यसैले राज्यले व्यहोर्नुपरेको करोडौँको आर्थिक भार र जनताले भोग्नुपरेको अनावश्यक चुनावी झन्झट पुनः धादिङमा दोहोरिनु हुँदैन भत्रे हाम्रो स्पष्ट धारणा छ ।
यस सम्बन्धमा नेपालको संविधानको धारा ८७ (१) (क) ले सङ्घीय संसदको सदस्य हुनका लागि नेपालको नागरिक हुनुपर्ने अनिवार्य गरेको छ । यस्तै, धारा २९१ (१) मा स्पष्ट रूपमा विदेशको स्थायी आवासीय अनुमति ९एच्० प्राप्त गरेको व्यक्ति निर्वाचन, मनोनयन वा नियुक्तिद्वारा चुनिन योग्य हुने छैन । भनिएको र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (च) अनुसार विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्ति उम्मेदवार हुन अयोग्य मानिन्छ । यदि यस्तो अयोग्यता छिपाई छलछाम गरी राज्यलाई गुमराहमा राखी निर्वाचनमा सहभागी भई विजयी भएमा पनि सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पद रिक्त हुने र उक्त क्षेत्रमा पुनः निर्वाचन (उप–निर्वाचन) गर्नुपर्ने कानुनी बाध्यता रहन्छ भनी स्पष्ट भनिएको छ ।
तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ जिल्ला निर्वाचन क्षेत्र नं.१ की उम्मेदवार श्री.आशिका तामाङसँग जर्मनीको स्थायी आवासीय अनुमति ९एच्० रहेको र निजले उम्मेदवारी फिर्ता लिने प्रक्रियामा देखिएको अन्योलताले धादिङका सचेत युवाहरूलाई चिन्तित तुल्याएको छ । यस विषयमा श्री.आशिका तामाङले निर्वाचन अधिकृतको कार्यालयमा गरेको भनिएको टेलिफोन संवाद र पछि उत्पत्र ईमेल ह्याकको झुठो दाबीले निर्वाचनको निष्पक्षतामा मात्र नभई उम्मेदवारको नैतिक धरातलमा समेत गम्भीर प्रश्न खडा गरेको छ । यद्धपी हामी श्री.आशिका तामाङलाई एक ऊर्जावान् समाजसेवीको रूपमा सम्मान व्यक्त त गर्दछौँ ।
तर, कानुनको पालना गर्नु हरेक नागरिकको कर्तव्य भएकाले, निज श्री.आशिका तामाङलाई कानुनी जटिलता सुल्झाएर, विदेशी पीआर त्यागी पूर्ण रूपमा नेपाली नागरिकको हैसियतमा आगामी दिनमा राजनीतिमा आउन हामी सुझाव दिन चाहन्छौँ ।
साथै धादिङको भौगोलिक विकटता र राज्यको सीमित स्रोत साधनलाई मध्यनजर गर्दै, श्री.आशिका तामाङलाइ मतदान गरी धादिङ निर्वाचन क्षेत्र नं. १ मा पुनः निर्वाचनको बोझ थपिने जोखिम नलिन हामी सम्पूर्ण मतदातालाई आग्रह गर्दछौँ । भावनामा बगेर भन्दा पनि कानुनी रूपमा योग्य, सक्षम र स्वतन्त्र रूपमा उम्मेदवारी दिएका योग्य युवा उम्मेदवारलाई छनोट गर्नु आजको आवश्यकता भएकाले राजनीतिक दलहरुलाई पनि सचेत गराउँदै राजनीतिक लाभका लागि कोहि कसैले पनि कानुनको छिद्र खोज्ने र जनतालाई भ्रममा पार्ने कार्य नगर्न आग्रह गर्दछौँ । साथै बिभिन्न संचारमाध्यमहरुमा माथी उल्लेखित विषयमा पुष्टि हुने किसिमको प्रमाणसहितको समाचारहरु प्रकाशित भैसकेकाले निर्वाचन आयोगले पनि श्री.आशिका तामाङको उम्मेदवारी खारेजी गरी कानुनी कारवाहि अघी बढाउन माग गर्दछौँ ।
अन्त्यमा, धादिङले चितवनको जस्तो अस्थिरता नभोगोस् र विकासको बजेट पुनः निर्वाचनमा खर्च हुने स्थिति नआओस् भत्रका लागि सबै जेन्जी युवाहरूसहित सम्पूर्ण धादिङबासी मतदाताहरुलाई सचेत रहन आग्रह गर्दछौँ ।

