काठमाडौं । आज देशैभरी एकै पटक फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनय दर्ता गरिएको छ । मनोनयन गर्दा गर्ने क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आफ्नो दलको तर्फबाट देशैभरी उम्मेदवारी दिएको छ ।
प्रत्यक्षतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये १६४ वटा क्षेत्रमा उम्मेदवारी दिएको हो । बाग्लुङमा भने जनमोर्चासँग तालमेल भएका कारण एउटा एउटा क्षेत्र भने खाली भएको छ ।
नेकपाले बाग्लुङ–१ मा जनमोर्चाका उम्मेदवारलाई समर्थन दिएको छ भने बाग्लुङ२ मा जनामोर्चाले नेकपालाई सघाएको छ ।










