Breaking News

चिसोमा न्यानोपन बाँड्दै काठमाडौं युरो स्कूल

बढ्दो चिसोका कारण बालबालिकाको दैनिकी र शिक्षामा असर नपरोस् भन्ने सामाजिक दायित्वका साथ काठमाडौं युरो स्कूलले यस वर्ष पनि न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।

काठमाडौं युरो स्कूल परिवारको आयोजनामा नुवाकोट जिल्लाको दुप्चेश्वर काउलेश्वरी माध्यमिक विद्यालय, सुर्यगढीस्थित कालिका माध्यमिक विद्यालय तथा लमजुङको पाणिनी माध्यमिक विद्यालयका करिब ७०० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो।
कार्यक्रमका क्रममा विद्यालयका अध्यक्ष श्री प्रमोद पाण्डेले न्यानो कपडा वितरण गर्दै, “यो न्यानोपनले बालबालिकालाई चिसोबाट जोगाउनुका साथै आत्मविश्वास र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा मिलोस्,” भन्ने सन्देश व्यक्त गर्नुभयो ।

यस मानवीय अभियानमा काठमाडौं युरो स्कूलका अभिभावक, विद्यार्थी, बाल क्लब तथा शिक्षक–कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा करुणा, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्छ । काठमाडौं युरो स्कूलले शिक्षा सँगसँगै समाजसेवामूलक कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।