२९ पुस, काठमाडौं । गएको कात्तिक २९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दर्जनभन्दा बढी वामघटकहरूबीच एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टी आज दुई महिना भयो । त्यही नेकपाका केन्द्रीय सदस्यहरूको आज शपथ ग्रहण हुँदैछ ।
पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

