२८ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन काठमाडौंको भृकुटी भण्डपमा चलिरहेको छ । बिशेष महाधिवेशनमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी महाधिवेशन पक्षले बताएको छ ।
विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिएका छन् ।
महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘६३ प्रतिशत हस्ताक्षर कट्यो । प्रतिनिधि अझै आउनेक्रम जारी छ । हामी ७० प्रतिशत पुर्याएर देखाइदिन्छौं ।’
सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षीय नेताहरूले असहमति राखिरहेका छन् ।
यता विशेष महाधिवेशनमा भने बन्दसत्रको काम अघि बढिसकेको छ ।

