Breaking News

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर   करोडौ कुम्ल्याउने भू- माफियाहरु

काठमाडौँ । काभ्रे पलाञ्चोक जिल्ला   नमोबुद्ध न.पा.वडा नं.४का स्थानियहरुले  सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर   करोडौ कुम्ल्याउने भू- माफियाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायमा  उजुरी गरेका छन्। स्थानीयका अनुसार  काभ्रे पलाञ्चोक जिल्ला मेथिनकोट  गा.वि.स. वडा नं.२ (हाल नमोबुद्ध न.पा.वडा नं.४) स्थित कि.नं. ३०४ को   ११-११-२-० क्षेत्रफल भएको  जग्गा व्यक्तिगत नाममा दर्ता गरी भू- माफियाहरुले करोडौ कुम्याएका हुन् ।

 भू-माफियाहरु ठण्डिराज उपाध्याय  र केदारराज उपाध्यायले परापुर्वकालदेखि गौचरण कायम भएको र   २०२१ सालको नापीमा जंगल कायम भएको  काभ्रे पलाञ्चोक जिल्ला  मेथिनकोट गा.वि.स. वडा नं.२ (हाल नमोबुद्ध न.पा.वडा नं.४ मा पर्ने) कि.नं. ३०४ को   ११-११-२-० क्षेत्रफल भएको  जग्गा व्यक्तिगत नाममा दर्ता गरी प्रति आना सात लाखदेखि दश लाखसम्ममा  बेच बिखन गरि करोडौ कुम्याएका हुन् ।

 परापुर्व कालदेखि गाइबस्तु चराउने गौचरनको रुपमा  प्रयोग हुँदै   सरकारी कायम भएको उक्त जग्गा छुट जग्गाको नाममा दर्ता गरेर  बेचबिखन गर्ने कार्यमा ठण्डिराज उपाध्याय,    केदारराज उपाध्याय,  काभ्रे पलाञ्चोक जिल्लाका मालपोत प्रमुख , नापी प्रमुख र नमोबुद्ध न.पा.वडा नं.४का वडाध्यक्ष अर्जुन बहादुर कार्कीको प्रत्यक्ष संलग्नता रहेको बताइएको  छ ।

 भू माफिया ठण्डिराज उपाध्याय,    केदारराज उपाध्याय, काभ्रे पलाञ्चोक जिल्लाका मालपोत प्रमुख , नापी प्रमुख र नमोबुद्ध न.पा.वडा नं.४का वडाध्यक्ष अर्जुन बहादुर कार्कीले कब्जा गरेको उक्त सार्वजनिक जग्गाको संरक्षण गरि पाउ र उक्त कार्यमा संलग्न सबैलाई कानुन बमोजिम हदै सम्मको कारवाही गरी पाउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलायतत् सम्बन्धित निकायमा उजुरी गरेको पाइएको छ ।