Breaking News

जहरसिंहपौवा–साँखु सडकखण्डको जंलमा बस दुर्घटना ५ जनाको मृत्यु ३३ जना घाइतेको उपचार हुँदै

२४ पुस, काठमाडौं । हिजो साँझ काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डको जंलमा भएको पिकनिक खाएर फर्केको बस दुर्घटना हुँदा आज बिहानसम्म उपचारकै क्रममा ५ जनाको मृत्यु भएको छ भने ३३ जना घाइतेको अझैं उपचार भइरहेको छ ।

बा ४ ख ८७८८ नम्बरको बस हिजो बुधबार साँझ दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ाकाठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५–६० वर्षीय अर्जुन लामिछाने, बाँकेको कोहलपुर नगरपालिका ५ घई भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु रहेका छन् ।

नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा उनीहरु सवार बस दुर्घटना भएको थियो ।