Breaking News

कुलमान घिसिङले मन्त्रीपदबाट राजीनामा दिए

काठमाडौ । ऊर्जा, जलस्रोत, भौतिक पूर्वधार तथा शहरी विकास मन्त्रालय सहित तीन वटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन् । दलमा लाग्ने भए सरकार छोड्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि कुलमानले राजीनामा दिएका हुन् ।

कुलमानले उज्यालो नेपाल पार्टी खोलेर पछि रास्वपासँग एकीकरण गरेर दोस्रो तहको नेता बन्ने सहमति सँग आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाटै उम्मेलवारी दिने भएपछि बाट प्रधानमन्त्री शुसीला कार्कीले राजीनामा दिन निर्देशन दिएपछि घिसिङले राजीनामा दिएका हुन् । यसबारे उनले केहीबेरमा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै छन् ।