काठमाडौं । आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त १८ सिटको लागि चुनाव हुँदैछ । अहिले राजनीतिक बजारमा १८ सिटमा नेपाली काँग्रेस–नेकपा एमालेले ७–७ सिट, नेपाली कम्युनिष्ट पार्टीले ३ सिट र एक सिट जसपालाई दिने गरी सहमतिका खाँका बाहिर आएपनि राजनीतिक रुपमा सहमतिको खाका भने बाहिर आएको छैन । यसको अर्थ सहमतिमा हुन सकेको छैन भन्ने नै हो । तर काँग्रेस र एमालेबीच भने सहमति भइसकेको बुझिएको छ । यदि नेपाली कम्युनिष्ट पार्टी सहमतिमा नआएको खण्डमा १८ सिटमा काँग्रेसले १० र एमालेले ८ सिट लिने गरी सहमति भएकोे बुझिएको छ । यसै बिषयमा नेकपा एमालेले राष्ट्रिय सभामा उम्मेदवार टुंगो लगाएको छ । एमालेले मधेस बाहेक अन्य प्रदेशमा उम्मेदवार टुंगो लगाएको हो ।
जसअनुसार एमालेले कोशीमा रोशनी मेचे, बागमतीमा डा. प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउन लागेको छ।

