Breaking News

ओलीलले जाँचबुझ आयोगलाई बयान दिएका मुख्य ६ बुँदाहरु एमाले सचिव महेश बस्नेतले सार्वजनिक गरे

२२ पुस, काठमाडौं । भाद्र २३ र २४ भदौको घटनाको छानबिन गर्न गठित जाँच बुझ आयोगलाई नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलले दिएको बयानका केही बुदाहरु एमाले सचिव महेश बस्नेतले सार्वजनिक गरेका छन्

ओलीले आइतबार जाँचबुझ आयोगलाई बयान दिएका थिए । बयान लिन आयोगका अधिकारीहरू गुण्डुस्थित ओलीकै निवासमा पुगेका थिए ।

जाँचबुझ आयोगलाई ओलीले दिएको जवाफका मुख्य ६ बुँदाहरू सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

पहिलो : २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको ।

दोस्रो : आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका ।

तेस्रो : आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको ।

चौथो : २३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय ।

पाचौं : २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको ।

छैठौं : गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका ।