ूजीवन नै सेवा हो र सेवा नै धर्म हो ।ू कसैले पनि खाली हातमा किताब बोकेर हिँड्न नपरोस् भन्ने उद्देश्यले विद्यार्थीहरुको शैक्षिक सहयोगको लागि ५ हजार थान झोला तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराएको एनएसएन पर्ल ग्रिन टी कम्पनीका सञ्चालक सुजन गौतम बताउँछन् । अरु धेरै ठाउँमा पनि निरन्तर सहयोग गरिने गौतम बताउँछन् ।
महारुद्र परिवारले प्राकृतिक विपद् तथा दुर्गम क्षेत्रमा रहेका पीडित नेपालीहरूलाई निरन्तर सहयोग गर्दै आएको छ । महारुद्र परिवार नेपालकै एकमात्र धार्मिक सेवाकारी परिवार भएको उल्लेख गर्दै अभियानमा सबैलाई जोडिन समाजसेवी तथा अभियन्ता सोम शर्माले आह्वान गरे ।
महारुद्र परिवारले महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा माघ २४ गतेदेखि फाल्गुन ३ गतेसम्म महायज्ञ आयोजना गर्न लागेको र महायज्ञ अवधिभर न्भल९श् आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा विशेष दीप प्रज्वलन कार्यक्रमसमेत रहेको संस्थाका कोषाध्यक्ष खेम खरेल बताउँछन् ।

