सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा १६१ जना कोरोना भाइरसका संक्रमित थपिए

७ असार, कास्की । कोभिड–१९ का संक्रमित संख्या थपिने क्रममा आज सुदूरपश्चिम प्रदेशमा १६१ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट ९२ जना तथा सेती प्रादेशिक अस्पतालबाट गरिएको परीक्षणबाट थप ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसगै सक्रिय संक्रमितको संख्या ७९३ पुगेको छ । यसअघि नै १३४ जना संक्रमित निको भइ घर गइसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ ।

पुष्टि भएका मध्ये कैलालीका २३ पुरुष र २ महिला, कञ्चनपुरका १ पुरुष, अछामका २ पुरुष, बैतडीका १९ पुरुष र १ महिला, डडेल्धुराका ३० पुरुष र ९ महिला रहेका छन् । त्यसैगरी डोटीका ५९ पुरुष र १३ महिला र बझाङ्गका २ पुरुष गरी जम्मा १६१ जना रहेको सामाजिक बिकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो ।

हालसम्म अछाममा ६०, बैतडीमा १४१, बझाङ्गमा १८, बाजुरामा ६९, डडेल्धुरामा १७०, दार्चुलामा १२, डोटीमा १२९, कैलालीमा २३६, कञ्चनपुरमा ९६ गरी ९३१ संक्रमित भेटिएका छन् ।

यो प्रदेशमा हालसम्म १०४७३ जनाको पिसिआर विधिवाट जाँच गरिएकामध्ये ९५४२ जनामा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखका अनुसार ५४९५ जनाको रिपोर्ट आउन अझै बाँकी छ ।

प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद ५६ र संक्रमित १११ गरी १६७ जनाको उपचार भइरहेको छ । ४५३ जना भने सामान्य उपचार पछि घर गइसकेको उनले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा १३, टिकापुरमा २६, महाकालीमा ३५, अछाममा १०, बाजुरामा २, डडेल्धुरामा २३ र मालाखेती अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको छ ।

आरडिटी बिधिवाट ८९५१७ जनाको परीक्षण गरिएको छ । क्वारेन्टिनमा २८ हजार १६२ पुरुष र ६ हजार ६५४ महिला रहेका छन् ।

समाचार स्रोत : रातोपाटीबाट