काठमाडौँ । निर्वाचन आयोगमा हालसम्म ३५३४ उम्मेदवारको बन्दसूची पेस भएको छ । ६५ दलले बुझाएको समानुपातिक बन्दसूचीमा ३५३४ उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।
सरकारले फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ भने सोहीअनुसार सोमबारसम्म समानुपातिकतर्फको मनोनयनको समयसीमा रहेको थियो ।

