गण्डकी प्रदेशका बाग्लुङ, म्याग्दी, पर्वत र तनहुँ गरी १६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि

७ असार, कास्की । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज बिहान गण्डकी प्रदेशका ४ जिल्लामा १६ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

संक्रमित थपिने जिल्लाहरुमा बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या ५०४ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना र काठेखोला गाउँपालिकामा ३ जना कोरोना संक्रमित फेला परेको बताएको छ ।

यस्तै ढोरपाटन नगरपालिका र बाग्लुङ नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ

त्यस्तै म्याग्दीको रघुगंगा गाउँपालिकामा ९ वर्षीया बालिका र ३० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही गाउँपालिकाका ३३ वर्षका पुरुष र मंगला गाउँपालिकाका २० वर्षका पुरुष रहेका छन् ।

पर्वतको कुश्मा नगरपालिकाका २७ र ३२ वर्षीय पुरुष तथा तनहुको ऋषिङ गाउँपालिकाका २९ वर्षका एक पुरुष भएको निर्देशनालयले जानकारी दिएको छ ।