Breaking News

रवि र कुलमानबीच सहमती : कुलमान रास्वपाको उपसभापति र १८ जना समानुपातिकमा समेटिने

४ पुस, काठमाडौं । लामो छलफल र वार्ता पछि कुलमान घिसिङ र रास्वपाबीच सहमति भएको छ । सहमति अनुसार कुलमानलाई रास्वपाको उपसभापति सहमति भएको छ । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ ।

त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको छ ।

पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको थियो । उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग पटकपटक छलफल भएको थियो ।