Breaking News

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न

काठमाडौं । क्वालिटी काठमाडौं स्कुल्सको ९क्यु के एस०ले आफ्नो पाँचौं वार्षिक एथलेटिक्स प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। राजधानीका विभिन्न विद्यालयका सयौं विद्यार्थीहरूको सहभागिता रहेको यस कार्यक्रमलाई इम्बार्क अनम्याथले मुख्य प्रायोजकको रूपमा समर्थन गरेको थियो। यस वर्षको प्रतियोगिताको विशेष आकर्षण खेलकुदमा गणितको व्यावहारिक प्रयोग थियो। विद्यार्थीहरूले दौड र हामफाल गर्दै समयमा चक्र, दूरी र औसत गति गणना गर्दै खेल र अध्ययनबीचको सम्बन्ध बुझ्ने अवसर पाए।

यस पहलबारे बोल्दै, इम्बार्क अनम्याथ का सह(संस्थापक दिवेश बठिजाले भन्नुभयो, ूयो प्रतियोगिताले खेलकुद र शिक्षाको उत्कृष्ट संयोजन प्रस्तुत गरेको छ। विद्यार्थीहरूले कक्षाकोठामा सिकेका गणितका अवधारणाहरू मैदानमै प्रयोग गर्न पाए। रिले दौडमा विद्यार्थीहरूले गणितीय तर्क प्रयोग गरी टोलीको रणनीति तयार गरे। प्रत्येक सदस्यको क्षमता र समयलाई ध्यानमा राख्दै उत्तम क्रम निर्धारण गरे। प्रतिस्पर्धाको दबाबमा तुरुन्तै गणना गर्नु र निर्णय लिनुले विद्यार्थीहरूको विश्लेषणात्मक क्षमता विकास गर्न सघायो।

मुख्य प्रायोजक इम्बार्क अनम्याथले विद्यार्थीहरूमा शारीरिक क्षमतासँगै विश्लेषणात्मक सोच विकास गर्ने उद्देश्यले यस कार्यक्रमलाई समर्थन गरेको जनाएको छ। प्रतियोगितामा विद्यार्थीहरूको उत्साह, मनोबल र टोली भावना उल्लेखनीय रह्यो। प्रतिस्पर्धीहरूबीच स्वस्थ प्रतिस्पर्धा र सहयोगको भावना देखियो। कार्यक्रमले विद्यार्थीहरूमा सहकार्य, दृढता र आत्मविश्वास जस्ता जीवनोपयोगी सीपहरू विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
प्रत्येक वर्गका विजेताहरूलाई पुरस्कृत गरिएको थियो र आयोजकहरूले सबै सहभागी विद्यार्थी, शिक्षक, अभिभावक र प्रायोजकहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

(क्यु के एस) बारे क्वालिटी काठमाडौं स्कुल्स ९क्यु के एस० काठमाडौं उपत्यकाका प्रतिष्ठित शैक्षिक संस्थाहरूको संजाल हो। यसले विद्यार्थीहरूको सर्वांगीण विकासमा जोड दिँदै नियमित रूपमा खेलकुद र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।