एजेन्सी/ ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमान १७ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किएका छन्। ढाका विमानस्थलमा उनलाई स्वागत गर्न करिब १ लाखभन्दा बढी पार्टी कार्यकर्ताहरू भेला भएका छन्।
सन् २००८ मा तत्कालीन शेख हसिना सरकारले लगाएका भ्रष्टाचारका मुद्दा र गिरफ्तारीबाट बच्न उनी लन्डन पलायन भएका थिए। हसिना सरकारको पतनपछि उनी स्वदेश फर्किएका हुन् । यसलाई बंगलादेशको राजनीतिमा ठूलो परिवर्तनको सङ्केत मानिएको छ।
सन् २०२६ फेब्रुअरी १२ मा बंगलादेशमा आम निर्वाचन हुँदैछ। शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लागेकाले अहिलेको अवस्थामा बीएनपी चुनाव जित्ने सबैभन्दा बलियो दाबेदार देखिएको छ।
हसिना विरुद्धको आन्दोलनमा सक्रिय रहेका र जमात–ए–इस्लामीको विद्यार्थी संगठनसँग जोडिएका युवाहरूले यो नयाँ पार्टी गठन गरेका हुन्।

