Breaking News

काँग्रेस नेता रमेश लेखक जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि परामर्शमा

९ पुस, काठमाडौं । जेनजी आन्दोलनको समयमा नेपाली काँग्रेसका नेता रमेश लेखक ओली सरकारका गृहमन्त्री थिए । भाद्र २३ गते जेनजी आन्दोलनमा अचानक गोलीको वर्षा हुँदा दुई दर्जन जति बिद्यार्थी भाइबहिनीहरुले आन्दोलन चलककै क्रममा साहदत पाएका थिए भने अरु भाईबहिनीहरुले उपचारक क्रममा हस्पिटमा साहदत गरेका थिए । जेनजी आन्दोलनमा करिब ७२ जना जेनजीहरुको मृत्यु भएको थियो ।

जेनजी आन्दोलनपछि ओली सरकारलाई अपदस्त गरी निर्माण भएको शुसीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको बारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले बयानमा तत्कालीन गृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखकलाई बोलाउने निर्णय गरेपछि उनी परामर्शमा जुटेको बताइएको छ ।

उनी पार्टीभित्र र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्शमा रहेको स्रोतले बतायो ।

आयोगले बयानका लागि बोलाएको पत्र भने नपाएको बताइए पनि उनी परामर्शमा रहेका छन् । रमेशका अनुसार पत्र हिजो पठाएको छ भन्ने सुनेको छु, तर मैले पाएको छैन, के गर्ने भनेर सल्लाह गर्दैछु ।