काठमाडौं । निर्वाचन आयोगले आज प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै । आगामी फागुन २१ मा प्रतिनिधिसभा हुने निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा छलफल हुने छ ।
छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकायका प्रतिनिधिहरुलाई पनि बोलाइएको उनले जानकारी दिए ।

