२८ मंसिर, काठमाडौं । नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशन हिजो भक्तपुरको सल्लाघारीमा भव्य रुपमा उदेघाटन भएर आजदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र चलिरहेको छ । बन्दसत्र अघि बसेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम केन्द्रीय कमिटी बैठकले ११औं महाधिवेशनबाट निर्वाचित हुने नयाँ केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।
गएको भाद्र २१ र २२ गते ललितपुरको गोदावरी दोस्रो बिधान महाधिवेशनबाट पारित केन्द्रीय कमिटी संरचनालाई भंग गर्दै साविक केन्द्रीय कमिटीजस्तै अब बन्ने नयाँ केन्द्रीय कमिटी हुने निर्णय गर्दै जारी बन्द सत्रमा विधान संशोधनसहितको प्रस्ताव पेस गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकार सम्मेलनमा बताए अनुसार, अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने पदाधिकारी संख्या बन्द सत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको बताए ।
त्यस्तै उनले पोलिटब्युरो सदस्यको एक तिहाइ स्थायी कमिटी बनाइने पनि उनले बताए ।
त्यस्तै पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटी भने २५१ बाट बढाएर ३०१ जनाको बनाइएको छ ।
एमालेको नयाँ बन्ने केन्द्रीय कमिटीको संरचना यस्तो छ
१) पदाधिकारी (१९)जना
–अध्यक्ष : १
–उपाध्यक्ष : ५
–महासचिव : १
–उपमहासचिव : ३
–सचिव – ९ जना
२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९–८(७२) जना
–खुला : ५
–महिला : ३
–युवा : १
३) खुला कोटा (१२५ ) जना
–खुला : ७१
–महिला : ५२
–युवा : २
४) जनजाति / आदिवासी ( २५) जना
–आदिवासी–जनजाति :
–खुला : १५
–महिला : ८
–युवा : २
५) मधेशी (२०) जना
–मधेशी :
–खुला : ११
–महिला : ६
–युवा : २
६) प्रवास (२) जना
–भारत : १
–अन्य देश : १
७) श्रमिक (३) जना
–खुला : २
–महिला : १
८) अपाङ्गता भएका व्यक्ति (१) जना
– खुला : १
९) दलित (१२) जना
–खुला : ७
–महिला : ४
–युवा : १
१०) थारु (८) जना
–खुला : ५
–महिला : ३
११) मुस्लिम (५) जना
–खुला : ४
–महिला : १
१२) थारु (८) जना
–खुला : ५
–महिला : ३
१३) पिछडिएको क्षेत्र (२) जना
–खुला : १
–महिला : १

