Breaking News

एनपिएलमा कस-कसले जिते पुरस्कार

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ।

सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका लुम्बिनीका कप्तान रोहित कुमार पौडेल प्रतियोगितामा नेपाली खेलाडीतर्फ उत्कृष्ट भए। साथै उनी उत्कृष्ट ब्याटर पनि घोषित भए।

उनले उत्कृष्ट खेलाडी भएबापत जेको जे-५ कार पाए भने ब्याटरका लागि बजाजको बाइक पुरस्कार पाए।

लुम्बिनीका तीव्र गतिका बलर रुबेल ट्रम्पलम्यान म्यान अफ दि सिरिज भए। उनले १५ विकेट लिए भने ६५ रन बनाए। उनलाई ५ लाख पुरस्कार दिइयो।

१७ विकेट लिएका विराटनगरका कप्तान सन्दीप लामिछानले उत्कृष्ट बलर हुँदै बाइक पाए। लुम्बिनीका शेर मल्लले इमर्जिङ खेलाडी हुँदै बाइक पुरस्कार  जित्न सफल भए।

क-कसले जिते पुरस्कार ?

उत्कृष्ट खेलाडी : रुबेल ट्रम्पलम्यान (लुम्बिनी लायन्स-५ लाख रुपैयाँ)
उत्कृष्ट खेलाडी नेपाल : रोहितकुमार पौडेल (लुम्बिनी लायन्स-कार पुरस्कार)
उत्कृष्ट ब्याटर : रोहितकुमार पौडेल (लुम्बिनी लायन्स-बाइक)
उत्कृष्ट बलर : सन्दीप लामिछाने  (विराटनगर किंग्स-बाइक)
इमर्जिङ खेलाडी : शेर मल्ल (लुम्बिनी लायन्स- बाइक)