Breaking News

नेपाल ट्रस्टको जग्गा लिजमा लिँदा भएको ठगी प्रकरणमा यती समूहका प्रमुख सोनाम शेर्पा पक्राउ

काठमाडौं । नेपाल ट्रस्टको जग्गा लिजमा लिँदा भएको ठगी प्रकरणमा यती समूहका प्रमुख तथा थामसेर्कु ट्रेकिङ कम्पनीका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति भएपनि सिआईबीले उनलाई पक्राउ गर्न सकेको छैन ।

गत २६ कात्तिकमा जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । तर, त्यसविरुद्ध थामसेर्कु ट्रेकिङले उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएपछि न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले गत २ मंसिरमा उनलाई पक्राउ नगर्न अन्तरिम आदेश गर्यो ।

सो आदेशपछि शेर्पा मोबाइल स्विच्ड अफ गरेर भूमिगत भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का एक अधिकारीले बताए । प्रहरीले उनको बयान समेत लिन सकेको छैन । उच्चको आदेशविरुद्ध सीआईबी भने भ्याकेटमा गएको छ ।

ट्रस्टका कर्मचारीसँगको मिलेमतोमा शेर्पाले नारायणहिटी दरबारअगाडिको सडक विभागको तीन आना तीन पैसा जग्गासमेत हत्याएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

सिआईबी प्रमुख मनोज केसीले ट्रस्टको जग्गा थामसेर्कु ट्रेकिङलाई लिजमा दिँदा शृंखलाबद्ध रुपमा बदमासी भएको पाइएकाे र यसबाट राज्यलाई ठूलो नोक्सानी भएको देखिएको बताए ।