Breaking News

काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज इलिमिनेटर खेल हुँदै छ।

त्रिवि मैदान कीर्तिपुरमा आज दिउँसो ४ बजे काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्।

काठमाडौं अंक तालिकाको तेस्रो र लुम्बिनी चौथो स्थान हुँदै प्लेअफमा पुगेका थिए।

इलिमिनेटरमा जित्ने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ।

हिजो भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल पुगिसकेको छ।

पराजित भएको विराटनगरसँग आजको इलिमिनेटर जित्ने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ।

दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

लिग चरणको खेलमा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो।