नेपालको संविधानसँग बाँझिने बिदेशी कुनै पनि सहायता स्वीकार्य छैन

अध्यक्ष, प्रचण्ड

५ असार, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुरक्षा स्वार्थ जोडिएका र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले नस्वीकार्ने आज एक कार्यक्रममा बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भएको भिडिओ कन्फरेन्समा सम्बोधन गर्दै प्रचण्डले नेपालको स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गरेर हुने सहयोगमात्र स्वीकार गर्ने बताए ।

नेपाल असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छन् । नेपालको संविधानविपरीत हुने र कुनै पनि सुरक्षा स्वार्थ जोडिएका सहयोग स्वीकार गर्दैनौं,’ अध्यक्ष प्रचण्डले बताउनु भयो ।

पछिल्लो समय मित्र राष्ट्र अमेरिकाले दिने भनेको अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अनुमोदन गर्ने कि नगर्ने बहस चलिरहेका बेला प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूलाई यस्तो बताएका
हुन् ।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्समा नेपालले हस्ताक्षर गरेपछि दुई देशका विभिन्न तहमा भइरहेको सहकार्यप्रति खुसी व्यक्त गरेका थिए ।