काठमाडौं । सधै झै आफ्नो गृह जिल्ला रुकुम पश्चिम जाँदा कार्यकर्ताबाट फुलका माला र सत्कारले स्वागत पाइरहेका तत्कालीन नेकपा माओवादी केन्द्रका नेता जनार्दनले आज भिन्नै प्रकारको स्वागत पाए । शर्माले नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका गएको बेला तिनै कार्यकर्ताबाट विरोधको सामना गर्नुपरेको छ ।
उनलाई रुकमका नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कालोझण्डा देखाएर बिरोध गरेका छन् । शर्माको बिरोेधबाट स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी रहेको थियो ।
शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा तिनै पहिलेका स्वागत गरिरहने कार्यकर्ताहरुले कालो झण्डा देखाएर बिरोध गरेका छन् ।

