काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।
निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लागेकी छन् ।

