Breaking News

म महाधिवेशन हलमा नभए पनि म एमालेका तमाम कार्यकर्ताकै बिचमा छु – पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औं महाधिवेशन सफलताको शुभकामना दिएकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत महाधिवेशन सफलताको शुभकामना दिँदै यो महाधिवेशन पार्टीलाई अग्रगतितर्फ अघि बढाउन पूर्णरूपमा सफल हुने विश्वास व्यक्त गरेकी छन् ।

उनले भनेकी छन्, ‘नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु । विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।’

साथै उनले आफु महाधिवेशन हलमा नभएपनि प्रतिनिधि चयनमा सिंगो पार्टीलाई निर्देशन गर्न सक्ने गरी ऊजावान प्रतिनिधि चयन हुने विश्वास व्यक्त गरेकी छिन् ।

‘विधिसम्मवत् ढंगले दुई वर्षअघि मेरो सदस्यता नवीकरण भइपछि रोकिएकाले आफू महाधिवेशन हलमा नभए पनि यो विषम परिस्थितिमा अग्रगतिमा पार्टी लैजानसक्ने नेतृत्व चयनका लागि सबै क्षेत्रबाट प्रतिनिधिहरु चयन हुने विश्वास छ,’ उनले भनेकी छन् ।