Breaking News

आईसीसीले सन् २०२६ को टी-२० विश्वकपको तालिका सार्वजनिक

काठमाडौं । आईसीसीले सन् २०२६ को टी-२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । भारतको मुम्बईमा जारी आईसीसीको विशेष समारोहमा विश्वकपको तालिका  घोषणा गरिएको हो ।

प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म ७ सहरका ८ फरक स्थानमा आयोजना हुनेछन् । यीमध्ये भारतका ५ र श्रीलङ्काका २ सहर समावेश छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भारतले अमेरिकासँग खेल्नेछ । चिर प्रतिद्वन्द्वी पाकिस्तानसँग भारतले फेब्रुअरी १५ मा कोलम्बोमा भिड्नेछ । ग्रुप चरणमा हरेक दिन ३ खेल खेलाइनेछन् ।

नेपाल भने ग्रुप सीमा छ । यस ग्रुपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् । नेपालले पहिलो खेल माघ २५ गते इंग्ल्यान्डसँग मुम्बईमा खेल्नेछ ।

भारत भने अमेरिका, नेदरल्याण्ड्स, नामिबिया र पाकिस्तानसँगै एउटै समूहमा राखिएको छ । प्रतियोगिताको फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

यदि पाकिस्तानले नकआउट चरणमा प्रवेश गरे त्यसका खेलहरू श्रीलंकामा आयोजना हुनेछन् । यस प्रतियोगितामा २० टोलीबिच कुल ५५ खेल हुनेछन् । ग्रुप चरणमा टोलीहरूलाई ४ विभिन्न समूहमा विभाजन गरिएको छ ।