Breaking News

सर्वोच्वको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौँ । आजबाट आन्दोलन गर्ने भेर घोषणा गरेका मेडिकल व्यवसायी केही दिन अघि पक्राउ परेका थिए । उनले सरकारलाई नै असर गर्ने र सुरक्षाकर्मीलाई हत्उत्साहित गर्ने जस्ता भाष्ण गरेपछि सरकारले उनलाई पक्राउ गरेको थियो ।

प्रसाईँका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सवोच्वले आदेश दिंदै थुनामुक्त गर्न भनेको हो । डा.। नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो ।

अभिव्यक्तिलाई लिएर मात्र प्रसाईँलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुने अदालतको आदेशमा भनिएको छ ।