Breaking News

म्याग्दीमा एमालेको जनसभा सम्पन्न राष्ट्रियता र संविधान जोगाउनुपर्नेमा वक्ताहरुको जोड

म्याग्दी । एमालेका आज ७७ वटै जिल्लामा आज जनप्रर्दशन र खवरदारी सभा सम्पन्न गरेको छ । यसै क्रममा आज म्याग्दीको सदरमुकामा बेनीमा आज एमालेका नेता तथा कार्यकर्ताहरुलले जनताको बहुदलीय जनवाद जिन्दावाद ’ भन्ने नारासहित सदरमुकाम बेनीमा सद्भाव ¥याली तथा जनसभा सम्पन्न गरेको छ । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पार्टी केन्द्रीय कार्यक्रम अनुसार म्याग्दीमा पनि जिल्ला कमिटीद्वारा ¥यालीसहित जनसभा गरिएको हो ।

म्याग्दीको बेनीको वीरेन्द्रचोकबाट सुरु भएको सद्भाव ¥याली हुलाकचोक, न्यूरोड, क्याम्पसचोक, हस्पिटलचोक, गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक हुँदै पुनः वीरेन्द्रचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै एमालेका नेताहरुले वर्तमान सन्दर्भमा देशको राष्ट्रियता, लोकतन्त्र र संविधान जोगाउनका लागि दलहरुबीच सहकार्यको आवश्यकता बताए ।

कोण सभाका प्रमुख वक्ता एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले वर्तमान प्रधानमन्त्री सुशीला कार्की आफू प्रधानन्यायाधीश हुँदा अदालतबाट नै दलीयकरणको राजनीति सुरुवात गरेकाले अहिले शिक्षकले राजनीति गर्नुहुँदैन, संघ सङ्गठन बनाउनुहुँदैन भन्नु गलत रहेको बताउनुभयो । वर्तमान सरकारले अहिलेको अवस्थामा चुनाव गराउन सक्ने कुनै पनि छाँटकाँट नदेखिएको भन्दै उहाँले गएको भदौ २३ र २४ गतेको जेन–जी समूहको आन्दोलनका क्रममा लुटिएका १२ सय हातहतियारहरु अझै फिर्ता नभएको बताए।

सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य नरदेवी पुनले नेकपा एमालेले सधैँ राष्ट्रियताको पक्षमा आफ्नो आवाज बुलन्द पार्दै आइरहेको बताए । उनले देशले हरेको भूमि हाम्रो भनेर तत्कालीन एमाले नेतृत्वको सरकारले सबै राजनीतिक दलहरुलाई सहमत गराएर चुच्चे नक्सा जारी गरेको बताए ।

एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले वर्तमान परिस्थितिमा एमाले संविधानको रक्षाका लागि साङ्केतिक रुपमा जनतासमक्ष ओर्लिएको बताए । उनले नेपालको इतिहासमा पहिलोपटक जनताले बनाएको संविधानको बर्खिलापमा जाने जो कोहीका विरुद्धमा संघर्ष गर्न र संविधानको रक्षा गर्न एमाले देशव्यापी रुपमा सडकमा आएको जानकारी दिए ।

एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वर्तमान अवस्थामा देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै राजनीतिक दल तथा जेनजी समूहलगायत सबै एकापसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।