Breaking News

घनश्याम भूसालको संयोजकत्वमा एकीकृत समाजवादी पुनर्गठन

२३ कात्तिक, काठमाडौं । एकीकृत समाजवादीले घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको जिम्मेवारीमा
थिए ।

अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरे पनि महासचिव भूसालले एकतामा विमति जनाएका थिए ।

शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको एक नेताले बताए । सो बैठकले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ ।