काठमाडौं । हिजो बुधबार काठमाडौंको भृकुटीमण्डपमा विभिन्न १० वटा बाम घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी को घोषणापत्र सार्वजनिक गरियो । एक भब्य सभामा हजारौं कार्यकर्ताको बिचमा दशैं दलका नेता तथा पदाधिकारीको सहभागीतामा एकता घोषणा गरिएको थियो ।
कार्यक्रममा तत्कालीन नेकपा माओवादी केन्द्रका महासचिव तथा एकता घोषणा पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए ।
खासगरी एकता घोषणामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितका विभिन्न १० वटा घटक मिलेर नयाँ दल घोषणा गरिएको हो ।
पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ ।
उक्त प्रस्ताव हलबाट पारित गरिएको थियो।
एकीकृत पार्टीको घोषणापत्र यस्तो छ :


