Breaking News

व्यवसायी अनील अम्बानीको रिलायन्स ग्रुपसँग सम्बन्धित करिब ३ हजार ८४ करोड भारु मूल्य बराबरको सम्पत्ति जफत

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय ईडीले व्यवसायी अनील अम्बानीको रिलायन्स ग्रुपसँग सम्बन्धित करिब ३ हजार ८४ करोड भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ।

The current image has no alternative text. The file name is: anilambani.jpg

ईडीले सम्पत्ति शुद्धीकरण मुद्दामा रिलायन्स ग्रुपका ४० कम्पनीका मुम्बई, दिल्ली, नोएडा, गाजियाबाद, पुणे, हैदरावाद, चेन्नई लगायतका सम्पत्तिहरू जफत गरेको हो। सन् २०१७–२०१९ बीच बैंकबाट प्राप्त ऋण रकम शेल कम्पनीहरूमा अवैध रूपमा स्थानान्तरण गरी हिनामिनाको आरोपमा यो कदम चालिएको थियो।

यसअघि, ईडीले देशभर ३५ भन्दा बढी रिलायन्स कार्यालयमा छापा मारेको र ५० कम्पनी तथा २५ व्यक्तिको तलासी लिएको थियो। स्टेट बैंक अफ इन्डियाले अनील अम्बानी र रिलायन्स कम्युनिकेसनलाई ‘धोखाधडी’ सूचीमा राखेपछि अनुसन्धान तेज भएको थियो।