१४ कात्तिक, काठमाडौ । जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ नाम राखेर मोर्चा घोषणा भएको छ ।
उनले सामाजिक सञ्जालमा २१ पृष्ठको दस्तावेजसहित मोर्चा घोषणा गरेकी हुन् । जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै उनले जेनजी फ्रन्ट गठन गरेको जनाएकी छिन् ।
संयोजक बमले आज जारी गरेको विज्ञप्तिमा जेनजी विद्रोहलाई संस्थागत गर्ने एजेन्डाहरू एकिकृत गर्ने र जेनजी विद्रोहसँगै गठन भएका विभिन्न जेनजी समूहरूलाई एकीकृत गर्ने उद्देश्य राखिएको उल्लेख छ ।
अहिले गठन गरिएको समूहले संघीय संरचनाका रुपमा काम गर्ने तथा प्रदेश र जिल्लाका समितिहरू पनि चाँडै घोषणा हुने संगठन समितिका संयोजक युजन राजभण्डारीले जानकारी दिएका छन् ।

