५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिजो सबै राजनीतिक दललाई बालुवाटारमा बोलाएर सर्वदलीय बैठक गरेकी छिन । प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनबाट प्रधानमन्त्रीको कृर्चिमा आएकी हुन् । उनी प्रधानमन्त्री भएपछि राजनीतिक दलहरुसँग संवाद र छलफल गरेकी थिइनन् । अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ । चुनाव गराउनका लागि मात्र बनेको सरकार प्रमुखले हिजो दलाहरुसँगको छलफल पछि आज अपिल गर्दै दलहरुसँग सहकार्य गर्न अपिल गरेकी छिन् ।
नेपाल संवत् ११४६ को अवसरमा ललितपुरकोमंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अपिल गरेकी हुन् ।
नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध भएको बताउँदै उनले सचेत नागरिकको भूमिका निर्वाह गर्न समेत भनेकी छिन् ।
‘सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ । यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ । आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौं,’ उनले भनेकी छिन्, ‘लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ ।’
उनले सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको बताएकी छिन् ।
उनले राष्ट्रिय विभूति शंखधर साख्वास्ले देखाएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिलोस् भन्दै शुभकामना दिएकी छिन् ।
११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा शंखधरले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरिदिएका थिए । ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय भएको प्रधानमन्त्री कार्कीले भनेकी छिन् । ‘यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो ।

