४ कात्तिक, कञ्चनपुर । इजरायली सेनाले बन्धक बनाएर मारिएका विपिन जोशीको शव हिजो मात्र नेपाल आएको छ । उनको शव हिजो नै उनकै जन्मस्थान महेन्द्रनगरको भीमदत्तमा लगिएको थियो र आज शवयात्रा सुरु भएको छ । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जोशीको राष्ट्रिय सम्मानसहित धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने बताएको छ। विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल ल्याइएको थियो ।

