काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
उक्त कार्यालयमा आज साँझ अख्तियारको टोलीले छापा मारेको हो । ठूलो मात्रामा आयोजनाका पाइपहरू बिक्री वितरण गरेको सूचनाका आधारमा छापा मारिएको हो । सो क्रममा कागजातहरू समेत नियन्त्रणमा लिएइएको छ ।
पाइप खरिदमा भ्रष्टाचार भएको आरोपमा छापा मारिएको हो ।

