Breaking News

राष्ट्रपति रामचन्द्र पौडेललाई अचानक रिगंटा र बान्ता उपचारपछि स्वास्थ्यमा सामान्य

२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान अचानक रिगंटा र बान्ता भएपछि जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग भेटवार्ता कार्यक्रम तय रोकिएको छ । राष्ट्रवति एक्कासी बिरामी भए । एक्कासी बिरामी परेपछि बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

अस्पताल स्रोतका अनुसार, उनलाई बान्ता र चक्कर लागेपछि अस्पताल लगिएको हो । ‘उहाँले सुरुमा चक्कर लाग्यो भन्नुभएको रहेछ, पछि निरन्तर बान्ता पनि हुन थालेपछि अस्पताल ल्याइएको हो,’ अस्पताल स्रोतले बतायो ।

स्रोतका अनुसार, उनलाई पोजसनल भर्टिगो ९द्यएएख्० भएको हो ।

यो रोग लागेका मान्छेहरू अचानक टाउकोभित्र केही घुमिरहेको जस्तो महसुस गर्छन् ।

जसले हल्कादेखि तीव्र चक्कर लाग्ने लक्षणहरू देखा पर्छन् । राष्ट्रपति पौडेललाई पनि त्यही भएको र अहिले अवस्था सामान्य भएको चिकित्सकहरूले बताएका छन् ।

उनलाई आज वा भोलि नै डिस्चार्ज गर्नेगरी छलफल भएको पनि एक चिकित्सकले बताए ।्