Breaking News

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष फागुन २१ गने हुने प्रतिनिधि सभा निर्वाचनको तयारीको सम्बन्धमा निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त बीच छलफल

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष २०८२ फागुन २१ गने हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीको अवस्था र निर्वाचनलाई स्वच्छ, निष्पक्ष, रहित र शान्तिपूर्ण बनाउन गर्नुपर्ने भावी कार्यक्रमहरूको सम्बन्धमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले जानकारी गराएका छन् ।

राष्ट्रपतिलाई आयोगको तर्फबाट जानकारी गराइएका विषयहरूमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्तिको सम्बन्धमा प्रधानमन्त्री सुशिला कार्की तथा सम्बन्धित विभागीय मन्त्रीसँग छलफल गरेको, मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोत साधन र जनशक्ति प्राप्‍त हुने तथा निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइने सुनिश्चितता सरकारको तर्फबाट प्राप्‍त भएको, निर्वाचनको पूर्वतयारीका लागि आयोगका आन्तरिक प्रशासनीक विषयहरूलाई समेटेर तयार गरिएको कार्ययोजना बमोजिमका कार्यहरू योजनाबद्ध रूपमा सम्पादन गरिरहेको र निकट भविष्यमा राजनीतिक दलहरू तथा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको तथा संशोधित मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावलीमा नाम दर्ताको काम सुचारु रहेको लगायतका रहेका छन्।

उक्त अवसरमा सम्माननीय राष्ट्रपतिबाट आयोगलाई निर्वाचनमा सबै नागरिकहरूको सहभागिता हुने वातावरण तयार गर्न, राजनीतिक दल तथा सरोकारवालाहरूसँग तत्काल छलफल अघि बढाउन र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने कार्यको सुनिश्चितताका लागि कार्यतालिका बमोजिमका कार्यहरू समयमै सम्पन्न गर्न निर्देशन भएको छ।

निर्वाचन आयोगले स्वीकृत गरेको कार्ययोजना बमोजिम आगामी दिनमा सम्पन्न गर्नुपर्ने निर्वाचन आचार संहिता निर्धारण तथा कार्यान्वयन, उम्मेदवारको मनोनयन दर्ता, सो उपर छानवीन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान लगायतका निर्वाचन कार्यक्रमहरू राजनीतिक दल र सरोकारवालाहरू सँगको परामर्शमा तयार गरिने जानकारी गराएको छ भने निर्वाचनको पूर्वतयारीका सबै कार्यक्रमहरू समयमा नै सम्पन्न हुने विश्वास दिलाएको छ।

उक्त कार्यक्रममा निर्वाचन आयुक्तद्वय माननीय डा.जानकी कुमारी तुलाधर र माननीय सगुन शम्‍शेर ज.ब.रा. तथा आयोगका सचिव माहादेव पन्थ तथा राष्ट्रपतिका विज्ञ सल्लाहकार तथा राष्ट्रपति कार्यालयका सचिव डा. दिपक काफ्लेको उपस्थिती रहेको थियो। (.