गण्डकी प्रदेको नवलपुरमा १८ र पर्वतमा ३ जनामा कोरोना भाइरस संक्रमित भएको पुष्टि

३ असार, पोखरा । गडण्की प्रदेशको नवलपुर र पर्वतमा गरी २१ जनामा कोरोना संक्रमित भेटिएका छन् । आज बिहान थपिएका संक्रमितमा नवलपुरका १८ र पर्वतका ३ रहेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी पोखराराले दिएको जानकारी अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा १४ संक्रमित थपिएका छन् । हुप्सेकोटका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१, १८ वर्ष उमेर समुहका र मध्युविन्दु नगरपालिकाका १६ र ३० वर्ष उमेर समुहका २ पुरुष रहेका छन् ।

यस्तै, कावासोती नगरपालिकाका एक जना ३७ वर्षीय पुरुषमा र पालिका नखुलेको २७ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको जनाएको छ ।

त्यस्तै पर्वतको फलेवास नगरपालिकाका २ जना १९ र २१ वर्षीय दुई पुरुष र ४६ वर्षिय एक महिलामा समेत थपिएका
छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २४७ पुगेको छ ।