Breaking News

इक्वेडरका राष्ट्रपति डानियल नोबोआ सवार गाडीमा ढुंगामुढा

इक्वेडरका राष्ट्रपति डानियल नोबोआ सवार गाडीमा ढुंगामुढा भएको छ।

मंगलबार कनार राज्यको नाबोन नजिकै उनी सवार गाडीमा ढुंगामुढा भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार राष्ट्रपति नोबोआ त्यहाँ पूर्वाधार परियोजना घोषणा कार्यक्रममा सहभागी हुन जाँदै गर्दा प्रदर्शनकारीहरूले उनी सवार गाडीमा ढुंगामुढा गरेका हुन्। उनको सवारीमा करिब ५ सय जनाको समूहमा रहेको प्रदर्शनकारीले सडकको दायाँबायाँबाट गाडीमा ढुंगामुढा गरेका थिए।

राष्ट्रपति कार्यालयले गाडीमा ढुंगामुढा भएको भिडिओ पनि सार्वजनिक गरेको छ।