नेपाल टेलिकमले दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं,तिहार,छठ अफर २०८२ उपलब्ध गराएको छ। सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरु २०८२ असोज ०६ गतेदेखि प्रारम्भ भएको छ । यस अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शूल्क रु. ५००० मिनाहा गरिएको छ । यसै गरी दसैं,तिहार,छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि रु. ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड र रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको
छ । फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy (FUP) मा तोकिएको ५ जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिनFair Usage Policy मा तोकिएको १० जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न
सक्नेछन् ।
साथै रु. २५० मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र रु. ९९ मा १००० अननेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
जीएसएम सेवाका प्याकेजहरु असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरुका लागि लागु हुनेछ । आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ुनेपाल टेलिकम एपु प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।
विभिन्न पर्वहरुका अवसरमा उपलब्ध गराइने यसप्रकारका अफरहरुले चाडपर्वको समयमा अझबढी सम्पर्कमा रहन, आफन्तसँग खुशी बाँड्न र डिजिटल सेवाहरुको प्रयोग बढाउन प्रोत्साहित गर्ने विश्वास कम्पनीको रहेको छ ।

