Breaking News

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै विभिन्न १० वटा समूह बनाएर छलफल हुने

काठमाडौँ । जेनज आन्दोलनपछि उपत्पन्न परिस्थितिले नेपालको राजनीतिमा ज्वारभाटा नै ल्याएको छ । त्यसमा ठूलो दल र साना दललाई समेत नेतृत्व छोड्नेमा दबाब सृजना भएको छ । यसै क्रममा ानेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पार्टीको केन्द्रदेखि तलै वडासम्मका कमिटी भंग गर्ने र बिशेष महाधिवेशन गर्ने प्रस्तावमा हिजो देखि जारी केन्द्रीय समिति बैठक चलिरहेको छ ।
हिजो सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका
थिए ।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्माले आफ्नो धारणा राखिसकेका छन् । उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा असहमति जनाएका थिए ।

विभिन्न १० वटा समूह बनाएर बिहीबारबाटै छलफल जारी रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । आज टोली नेताहरूले धारणा
राख्नेछन् ।