कोरोनाबाट मृत्यु भएको शव ब्यवस्थापनमा खटिएका सैनिक जवानलाई कोरोना संक्रमण

२ असार, काठमाडौं । दाङको घोराहीमा कार्यरत एक नेपाली सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको छ बताईएको छ ।

बेलझुण्डी कोरोना विशेष अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले ३३ वर्षीय नेपाली सेनालाई हिजो सोमबार कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

संक्रमितलाई आजै अस्पतालको आइसोलेनसनमा ल्याइएको छ ।
ती सैनिकलाई शव व्यवस्थापन गर्ने क्रममा संक्रमण भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

यसअघि उनी घोराही उपमहानगरपालिका १८ अम्वापुरका एक ५९ वर्षीय कोरोना पुष्टि भएको शव व्यवस्थापनमा खटिएका थिए ।

दिल्लीमा उपचारका क्रममा मृत्यु भएपछि अन्तिम संस्कारका लागि दाङ ल्याइएका मृतकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शंका लागेर पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । ती मृतकको शव घोराहीकै एक जंगलमा लगेर गाडिएको थियो ।

उनैको शव व्यवस्थापनमा खटिएका सैनिकलाई कोरोना संक्रमण भएको स्वास्थ्यकर्मीले बताएका छन् । शव डिस्पोजकै क्रममा उहाँलाई कोरोना संक्रमण भएको देखिएको छ ।