काठमाडौं । आज बसेको मन्त्री परिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ । शाक्यको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । कार्यकारी निर्देशक शाक्यलाई ऊर्जा आयोगमा ल्याउने बताइएको छ ।

