३१ भदौ, काठमाडौं । सरकारको सचिवस्तरीय बैठकले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने निर्णय गरेको छ ।
मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवस्तरीय बैठकले सार्वजनिक सेवा दिन कुनै व्यवस्था बाधक देखिए त्यसलाई खारेज गर्ने निर्णय समेत गरेको हो ।
बैठकले अत्यावश्यक सेवा जोडिएका संयन्त्रहरूलाई चुस्तदुरुस्त बनाउने र कुनै अवरोध आउन नदिने निर्णय समेत गरेको छ ।

