३० भदौ, काठमाडौं । जेनजी आन्दोलनबाट बनेको प्रधानमन्त्री सुशीला कार्कीको नयाँ मन्त्रीमण्डलका तीन जना मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालयको कार्यालय शितल निवासमा नवनियुक्त तीन मन्त्रीहरुले शपथ लिएका छन् । मन्त्रीहरुले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
आजको शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको थियो । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित
छन् । आज तीन मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो ।
घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

